हेटौंडा – ट्याम्पो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
धनुषाको लक्ष्मिनिया गाउँपालिका ४ सपहिमाज १ ह ४८८३ नम्बरको ट्याम्पो मंगलबार दिउँसो ३ बजे अनियन्त्रित दुर्घटना हुँदा ८ वर्षीया जुलि कुमारी साहको मृत्यु भएको हो ।
बालिकाको उपचारका क्रममा सेन्ट्रल अस्पताल लक्ष्मिनियामा मृत्यु भएको हो । घाइते भएका ३ जनाकै सोही अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका ट्याम्पो चालकलाई उपचार पश्चात् ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ ।