प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

देशका विभिन्न भागमा अविरल वर्षा, हेटौंडामा ३ घण्टामै ७८ मिमी वर्षा

२०८२ असार ५, बिहीबार १८:२२ बजे

हेटौैडा। देशका विभिन्न भूभागहरूमा लगातार वर्षा भइरहेको छ।

हाल कोशी प्रदेशअन्तर्गत झापा, इलाम, खोटाङ र सोलुखुम्बुका विभिन्न स्थानहरूमा पानी परिरहेको छ।

त्यसैगरी, बागमती प्रदेशका भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर र सिन्धुली जिल्लाहरूमा पनि वर्षा जारी छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश र लुम्बिनी प्रदेशका केही जिल्लामा पनि झरी परेको छ।

महाशाखाले दिएको जानकारीअनुसार, बागमती प्रदेशको मकवानपुरको हेटौंडामा मात्र तीन घण्टामा ७८ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।

यसकारण नदी तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच, सिन्धुपाल्चोकको मेलम्ची र भक्तपुरको नगरकोट क्षेत्रमा पनि ठूलो मात्रामा वर्षा भएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरू साथै सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ।

सम्भावित पहिरो, बाढी तथा डुबानबाट सतर्क रहन महाशाखाले सबैलाई आग्रह गरेको छ।