प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

२०८१ मंसिर २६, बुधबार २०:१५ बजे

धादिङ – सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

साइबर ब्युरोले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-५ घर भई चन्द्रागिरि नगरपालिका-५ गुर्जुधारा बस्ने ३१ वर्षीय रोशन भण्डारीलाई पक्राउ गरेको एसपी दिपकराज अवस्थीले जानकारी दिए।

उनले एक महिलासँग फेसबुकमा साथी बनेर कुराकानी गरेका थिए।

त्यसक्रममा प्रदान गरिएका गोप्य तस्बिरहरू पीडकले रेकर्ड गरी आफन्त तगा साथीहरूलाई पठाएर चरित्र हत्या गरेको आरोप छ।

भण्डारीमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत प्रहरीले अनुसन्धान अघि बढाएको छ।