काठमाडौं – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपाल बङ्गलादेशसंग पराजित भएपछि नेपालका प्रशिक्षक राजेन्द्र तामाङले राम्रो खेलेपनि उपाधि जित्न नसकेको बताए । ‘‘कर्नरबाट आएको एउटै गोलले हार भयो ।
दोस्रो हाफमा परिवर्तन गरेका खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । अमिशालाई परिवर्तन गर्नु गल्ती भयो । साम्बालाई बङ्गलादेशका खेलाडीले मार्क गर्दा गाह्रो भयो । विकल्पको स्ट्राइकर रेखा घाइते हुँदा समस्या भो,’’ उनले भने ।
महिला फुटबलमा उपाधि जित्न एन्फाले ग्रासरुट स्तरबाट विकास गर्नुपर्ने र १५र२० दिनको तयारीले उपाधि जित्न गाह्रो हुने उनको भनाई थियो ।
छोटो तयारी र प्लानले उपाधि जित्न नसकेको भन्दै उनले प्रशिक्षक पदबाट राजीनामा दिएको समेत घोषणा गर्नुभयो । मलाई राष्ट्रिय टोली हेर्ने रहर पुग्यो । नयाँ र जिताउन सक्ने प्रशिक्षकलाई मौका दिन चाहन्छु । म फेरि क्लब फुटबलमा काम गर्न फर्कन्छु । पुरुष टोली पाएपनि जान्न,’’ उनले भने ।