काठमाडौं – मृतक दाजुको मुख हेर्न माइत आएकी एक महिलाको मृत्यु भएको छ । यो घटना सप्तरी जिल्ला लहान नगरपालिकाको । लहान नगरपालिका वडा नं.२३ गढाका ७५ वर्षीय मृतक दाजु दुखी सहनीको मुख हेर्न माइत आएकी ७० वर्षीया रकसीदेवी सहनीको मृत्यु भएको हो ।
भारत विहार मधुवनी जिल्ला बरुवार घर भएकी रकसीदेवी दाजुको बिहीबार राति नै मृत्यु भएको खबर पाएपछि शुक्रबार ११ बजे माइती गढा आएकी थिइन् । दाजुको मुख हेरेको केही मिनेटमै आँगनको गल्लीमा लडेर उहाँको मृत्यु भएको मृतकका छोरा मनोज सहनीले बताए ।
दाजुबहिनीको मृत्युले सहनी टोल शोकमा डुबेको छ। शोकाकुल सहनी परिवारलाई सान्त्वना दिन समाजका अगुवाहरूको बाक्लो उपस्थिति थियो ।गोरखापत्र दैनिकबाट