प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आगलागीमा दुई छोरी र श्रीमती गुमाएका गिरीको पनि मृत्यु

२०८१ जेठ ६, आईतबार ०८:५२ बजे

हेटौंडा – आगलागीमा दुई छोरी र श्रीमती गुमाएका सञ्जय गिरीको पनि मृत्यु भएको छ । गत वैशाख २३ गते ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित टिनले छाएको टहरामा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका थिए।

घाइते भएका गिरीको उपचारका क्रममा शनिबार किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । योसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ।

यसअघि सञ्जयकी श्रीमती रूपाको पनि उपचारका क्रममा वैशाख ३१ गते किष्ट अस्पतालमै मृत्यु भएको थियो। उनीहरूका दुई जना छोरीहरू ८ वर्षीया अलिसा र ४ वर्षीया प्रियाको पनि उपचारकै क्रममा वैशाख २४ गते मृत्यु भएको थियो।

भतिज नाता पर्ने नित गिरी भने सामान्य घाइते छन्। उनको पनि किष्ट अस्पतालमा उपचार भइरहेको एसपी सुवेदीले जानकारी दिए।