प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राप्रपा उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने

२०७९ चैत्र १, बुधबार १२:२७ बजे

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने भएको छ ।

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितीको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा कसैलाई पनि मत जाहेर नगर्ने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यसअघि फागुन २५ मा सम्पन्न राष्ट्रपति चुनावमा पनि राप्रपाले मतदान प्रक्रियामा सहभागिता जनाएको थिएन ।