प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अमेरिकी फोटोग्राफरले खिचेको हिउँ चितुवाको फोटो नक्कली !

२०७९ मंसिर १०, शनिबार ०६:२५ बजे

काठमाडौं – अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथि क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर फेक भएको खुलाशा भएको छ ।

‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ हिउँ चितुवाको तस्वीर फेक भएको खुलाशा भएको हो । फ्याक्ट चेक गर्दा पावलोस्की फोटोग्राफर हुन या हैन भन्नेमा पनि आशंका रहेको उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार पावलोस्कीका तस्बिरहरू उत्कृष्ट छन तर तिनीहरू प्राकृतिक नभई फोटोसप जस्ता सफ्टवेयर प्रयोग गरेर बनाइएका पाइएको छ । हिउँ चितुवाको पृष्ठभूमि तयार गर्न प्रयोग गरिएका पहाडका टुक्राहरु हेर्दा फोटोसप गरिएको पुष्टि हुने रिपोर्टमा उल्लेख गरिएको छ ।

इन्टरनेटमा उनको ‘एलियन वर्ल्ड’ भन्ने शीर्षकमा भेटिने फोटो पनि फोटोसप र डिजाइन सफ्टवेयर प्रयोग गरेर बनाइएको पाइएको छ ।उनी भिजुअल आर्टस् र फोटोसप प्रयोेगमा अब्बल हुन सक्ने उक्त म्यागजिनको दाबी छ ।

पाव्लोस्किीले हिउँ चितुवाको तस्वीर ७ हजार १ सय ६१ मिटरमा खिचेको दाबी गरेकी थिइन् तर विज्ञहरुकाअनुसार हिउँ चितुवाहरु ५५ सय मिटभन्दा माथि नजाने दाबी पनि गरेका छन् ।

तस्वीर सार्वजनिक भएपछि तस्वीरले निकै चर्चा पाएको थियो। काठमाडौंस्थित अमेरिकी राजदूतावासले सगरमाथा क्षेत्रमा देखिएको हिउँ चितुवा भन्दै फेसबुकमार्फत तस्वीरसमेत सार्वजनिक गरेको थियो ।