प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

डढेलो निभाउन गएको दमकलमै आगलागी

२०८१ बैशाख १३, बिहीबार ०७:१२ बजे

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल आगो निभाउने क्रममा जलेर क्षतिग्रस्त भएको छ । नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकलमा आगलागी भएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ गणेशनगरको जङ्गलमा डढेलो निभाउन गएको दमकलमा बुधबार हावासँगै आगोको लप्काले दमकलमा टिपेपछि आगलागी भएको इलाका प्रहरी चौकी मङ्गलापुर रुपन्देहीले जनाएको छ ।

दमकलमा आगलागी भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यो वर्ष रुपन्देहीमा गर्मी सुरु भएसँगै भएको आगलागीमा ठुलो भौतिक क्षति भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको मुग्लाहामा करिब १० बिगाहा जग्गाको गहुँ बाली नै जलेर नष्ट भएको छ ।गोरखापत्रबाट