प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

२०८० जेठ २२, सोमबार १३:४४ बजे

हेटौंडा – चितवनको भरतपुर महानगरपालिका–१५ जानकी चोकमा बोलेरोको ठक्करबाट एकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ५० वर्षीय वीरेन्द्र राउत रहेका छन् ।

प्रहरीका अनुसार ना ३ च ११९ नम्बरको बोलेरोले बा ८५ प ३६२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा राउत गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार ४१ वर्षीय राजकुमार नेपाली घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।