प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

'फुड पोइजन'ले ५ बर्षीय बालकको ज्यान गयो, १२ जना बिरामी

२०८० आश्विन १९, शुक्रबार १६:३५ बजे

हेटौंडा – फुड पोइजन भएर सिन्धुपाल्चोकमा ५ बर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं.४ बस्ने सुमार तामाङको छोरा ५ बर्षीय अभिषेक तामाङ रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार गत मंगलबार सुमार तामाङको घरमा रातो दाल, भात र बाख्राको मासु खाएर सुतेका १३ जनालाई फुड पोइजन भएको थियो ।

उपचारका लागि लगिएका मध्ये अभिषेक तामाङको उपचारको क्रममा बिहीबार दिउँसो २ बजे नेपाल भारत मैत्री बागेश्वरी अस्पताल काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विरामी मध्ये ३ जना डिस्चार्ज भएका छन् । त्यस्तै ३ जनाको हेलटिङ अस्पताल चाबहिलमा र ६ जनाको थप उपचारका लागि मेलम्चीबाट काठमाडौं ल्याईएको प्रहरीले जनाएको छ ।