हेटौंडा – गएराति ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाण्डौको कलंकी स्थित खसीबजारमा गएराति ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक धादिङको छत्रे देउराली २ का १८ वर्षीय विश्वास रञ्जितकारको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा १० बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । गएराति साढे ९ बजे कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१(००६ ख २८९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ८१ प ४१२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्रिपर सहित चालक नियन्त्रणमा रहेको ट्राफिक प्रहरी प्रभाग कलंकीले जानकारी दिएको छ ।