प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एक महिला मृत अवस्थामा फेला

२०८० कार्तिक २४, शुक्रबार २०:३१ बजे

बझाङ – बझाङमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको बुङ्गल नगरपालिका–५ पौटाको कालङ्गा हाइड्रोपावरको मुल नहरमा अन्दाजी ४५ वर्षीया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले बताए।

मृतकको पहिचान खुल्न भने बाँकी रहेको प्रहरी निरीक्षक चौधरीले बताए।