प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

फुटबल खेलका क्रममा हिंसा: १२९ जनाको मृत्यु, १८० जना घाइते

२०७९ आश्विन १६, आईतबार ०३:३६ बजे

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा भागदौड मच्चिँदा कम्तीमा १२९ जनाको मृत्यु भएको छ भने १८० जना घाइते भएका छन् ।

अन्तराष्ट्रिय संञ्चारमाध्यमका अनुसार शनिबार राति पूर्वी जाभा प्रान्तको मलंगको स्टेडियमको पिचमा पर्सेबाया सुराबायासँग अरेमा एफसी पराजित भएपछि समर्थकहरूले हिंसात्मक गतिविधिमा उत्रिएका थिए । 

प्रहरीले स्थिति नियन्त्रण गर्ने प्रयासमा अश्रु ग्यास प्रहार गरेपछि भागदौड मच्चिएको र निसास्सिएर घटना भएको पूर्वी विभिन्न अन्तराष्ट्रिय संञ्चारमाध्यमले जनाएको छ ।

जुन विश्वको सबैभन्दा खराब स्टेडियम प्रकोप मध्ये एक भएको बताइएको छ ।