प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नवनिर्मित भवन उद्घाटन गर्दा जनप्रतिनिधि र कर्मचारीलाई थकाई लागेपछि ...

२०८० आश्विन ४, बिहीबार ०३:०३ बजे

हेटौंडा – काभ्रेपलान्चोकको एक स्थानीय तहले जनप्रतिनिधि र कर्मचारी थकित भएको भन्दै विदा दिएको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिकाले आज आज असोज ४ गते विहिबार ‘थकान बिदा’ दिएको हो ।

कार्यालयले बुधवार सूचना जारी गर्दै नवौँ संविधान दिवसको अवसरमा नगरपालिकाले नवनिर्मित भवनबाट सेवा प्रवाह गर्नका लागि तीन दिनदेखि निरन्तर खटिएको र उक्त क्रममा नगरका सम्पूर्ण कर्मचारी र जनप्रतिनिधि थकित भएका कारण बुधवार कार्यालय अन्तर्गतका सबै निकायको सेवा बन्द हुने जनाएको हो । नगरपालिका कार्यालयका साथै त्यस मातहतका कार्यालयहरू, विद्यालयलगायतका सम्पूर्ण सरकारी तथा गैह्र सरकारी संस्थाहरूलाई बिदा गरिएको सूचनामा उल्लेख छ ।