प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सेनाको जागिर छोडेर सेनामा भर्ती भएका अर्यालको मृत्यु

२०८० पौष १७, मंगलबार १७:३६ बजे

काठमाडौं – परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ती भएका थप एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा वालिङ नगरपालिका–१४ मान्खुका हरिप्रसाद अर्याल रहेका छन् ।

नेपाली सेनामा भर्ती भएका अर्याल तीन वर्षमा नै जागिर छोडेर दुबई हुँदै रुस पुगेका थिए । गत कार्त्तिक ३ गते दुबईबाट रुस गएको परिवारले जनाएको छ। केही समय दुबई बसेर अर्याल रुस पुगेका हुन् ।

परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट वडा कार्यालयलाई खबर गरेपछि वडा कार्यालयले परिवारलाई हरिको मृत्यु भएको सूचना दिएको वालिङ नगरपालिका १४ का वडा अध्यक्ष बोधराज कुँवरले जानकारी दिए।