हेटौंडा – अर्काको डेराबाट एकाबिहानै मोटरसाइकल चोरी गरेर डोर्याँदै लैजाँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मे.११ प ४३०७ नम्बरको मोटरसाइकलसहित २ जनालाई भद्रपुर नगरपालिका–४ तारानगरबाट सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-२ बस्ने ३५ वर्षीय जफिर आलम र भारत बिहार किसनगंज शकिनतोतुलगुडी रुईधासा बस्ने २९ वर्षीय मो।जुबेर रहेका छन् ।
उनीहरूले शंकास्पद अवस्थामा उक्त मोटरसाइकल लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीले फेला पारी नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।
अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल बिर्तामोड नगरपालिका–४ मेघावारी डेरा गरी बस्ने ईलाम देउमाई नगरपालिका–३ घर भएका २० वर्षीय निश्चल राईको डेराबाट चोरी गरी ल्याएको खुल्न आएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।