काठमाडौं – जग्गाको अशंबण्डामा विवाद हुँदा रुकुम पश्चिममा देवरले भाउजुलाई खुकुरी प्रहार गरेका छन् ।जिल्लाको त्रिवेणी गाउँपालिका १ रुँघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीया आफ्नै भाउजु दिलसरा बोहरा खड्कालाई कुखुरी प्रहार गरेका हुन् ।
आईतबार राती जग्गा अंशबण्डाको विषयमा झगडा हुँदा देउकुमारले आफ्नै भाउजु दिलसरालाई खुकरी हानेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक बिष्णुप्रसाद सोतीले जानकारी दिए । घटना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी सिम्रुतु र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी पठाएर खड्कालाई नियन्त्रणमा लिईएको हो ।
खुकुरी प्रहारबाट दिलसरा घाईते भएकी छन् । उनको उपचारको लागि सोमबार नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर पठाइएको प्रहरीले जनाएको । उनको टाउको र हातमा गहिरो चोट लागेको प्रहरी नायव उपरीक्षक सोतीले जानकारी दिए। खुकुरी प्रहार गर्ने खड्कामाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।