काठमाण्डौ – सत्य तथ्य र प्रभावकारी समाचार सम्प्रेषित गर्दै आएको जन आकाश साप्ताहिकले आफ्नो स्थापनाको १६ औं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा एक विशेष समारोहको आयोजनामा उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यता तथा जनआकाश पत्रिकाका अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरिएको थिषो ।
सो अवसरमा ‘कति राम्रो रामेछापको सिन’ लोक गीतको लोकार्पण समेत गरिएको थियो । गीतको लोकार्पण गर्दै उपसभामुख रानामगरले भन्नुभयो, ‘म पनि रामेछापका विभिन्न भूभागव पुगेको छु । त्यहाँको भूगोल अत्यन्तै राम्रो छ । यो गीतमा पनि रामेछापको भूगोलको वर्णन गरिएको रहेछ । कलाकार भाइबहिनीहरूले राम्रो अभिनय गरेर नेपालको मौलिक संस्कृति झल्कने गरी देखाएको छ ।’ जनआकाश मिडियाले ल्याएको लोकगीतले समग्र नेपालीहरूको मन जित्ने छ भन्दै उहाँले प्रशंसा गर्दै उपसभामुख रानामगरले सञ्चार क्षेत्र निष्पक्ष र सन्तुलित हुन नसकेको टिप्पणी गरेकी छन् ।
जनआकाश साप्ताहिकद्वारा आयोजित स्रष्टा सम्मान तथा १६औं वार्षिकोत्सव समारोहमा उनले लोकतान्त्रिक मुलुकमा नागरिक अधिकार संरक्षण गर्न सञ्चार क्षेत्र राज्यका सबै निकायको प्रभावबाट मुक्त भएर तटस्थ हुनुपर्नेमा जोड दिईन्।साथै समाजमा भएका सत्यतथ्य घटनालाई सञ्चारकर्मीले जस्ताकोतस्तै देखिने गरी ऐनाको भूमिका निर्वाह गर्नुपर्ने बताईन् । आमसञ्चार सबै पक्षको साझा संस्था र पत्रकारिता दोस्रो संसदको रुपमा रुपमा स्थापित हुनुपर्नेमा जोड दिँदै उनले पत्रकार कुनै पनि हालतमा राजनीतिकरूपमा विभक्त हुन नहुने बताईन् ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शन्तराम विडारीले साना लगानीका मिडियालाई सरकारले संरक्षण गर्न नसक्दा अन्य ठूला मिडियाले प्रवाह गरेका सूचना तथा समाचार पत्याउनुपर्ने तर ती समाचार सहिा सत्य वा निष्पक्ष हुन्छन् भनेर यकिन गर्न नसकिने अवस्था आएको बताए। यस्तो अवस्थाको अन्त्य गर्न स्वदेशी स्वनिर्भर पत्रपत्रिकालाई जोगाउन सरकारले उपर्युक्त भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।
उक्त कार्यक्रममा जनआकाश मिडियाका अध्यक्ष कार्कीका सफलकाका कथालाई मार्मिक रुपमा प्रस्तुत गरिएको थियो ।
समाजका बिभिन्न क्षेत्र बित्तिय साहित्य ,पत्रकारिता बहुआयामिक प्रतिभा लगायत लोकबिधा , ‘कति राम्रो रामेछापको सिन’ गीतमा अभिनय गर्ने कलाकार, गायक, गायिका संगीतकार, तीज गीत ,सुसेली साहित्य लगायत,समाजसेवी समेत गरि योगदान दिएका १५ विधाका व्यक्तित्वहरु लाई कदर-पत्रले सम्मान गर्नुका साथै बिशिष्ट अतिथि तथा अतिथि हरुलाई मायाको चिनोले सम्मानित गरिएको थियो ।