प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

संघ र प्रदेशको निर्वाचनमा एमालेसंग तालमेल हुन सक्छ: अध्यक्ष थापा

२०७९ जेठ १८, बुधबार १५:१५ बजे

हेटौंडा – राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेसंग सहकार्य हुनसक्ने सम्भावना बलियो रहेको बताएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दैै उनले मंसिरमा हुने निर्वाचनमा एमालेसंग तालमेल हुनसक्ने बताए ।

उनले हालैसम्पन्न निर्वाचनमा अपेक्षाकृत परिणाम आउन नसके पनि संसदीय निर्वाचनको तयारीमा जुट्नुपर्ने बताए । उनले सिमित केहि जिल्लाहरुमा मात्र एमालेसंग तालमेल हुने बताउदै पार्टीको कामहरुलाई अगाडी बढाउन निर्देशन दिए । अध्यक्ष थापाले ७० वर्ष अघि नेपाली कांग्रेसले पनि राजसंस्थालाई आत्मसाथ गरेको र केहि दशक अघि सम्म कम्युनिस्ट पार्टीले पनि राजसंस्थालाई आत्मसाथ गरेको तर समय सापेक्ष परिवर्तन भएको बताउँदै आफुहरु पनि परिवर्तन भएको स्पष्ट पारे ।