हेटौंडा – स्थानीय तह निर्वाचन अन्तरगत देशभर करिब ६४ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले शुक्रबार राती १० बजे जारी गरेको विज्ञप्ती अनुसार देशभर करिब ६४ प्रतिशत मत खसेको हो । छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भएको निवार्चन आयोगको विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै १६ जिल्लाको २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदानकेन्द्रमा मतदान स्थागित भएको छ । राजनीतिक दल तथा उम्मेदवारहरुविच विभिन्न कारणले उत्पन्न विवादपछि मतदान स्थागित भएको आयोगले जनाएको छ ।
मतदान स्थागित भएको स्थानहरुमा आयोगले अन्यथा दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पनः मतदान गर्नेछ । लुम्बिनी र गण्डकी प्रदेशका कुनै पानी मतदानकेन्द्रमा मतदान स्थगित नभएको आयोजले जनाएको छ ।