हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटको बजेटको आकार बढेको छ । उपमहानगरको १४ औँ अधिवेशनले उपमहानगरको १३ औँ नगर सभाले पारित गरेको बजेटमा वृद्धि गरी पारित गरेको हो ।
उपमहानगरको हेटौंडा १८ स्थित गुम्बाडाँडामा शनिबार भएको अधिवेशनमा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले चालु आवको संशोधित थप राजस्व प्रक्षेपणको आधारमा थप श्रोत परिचालन गरिँदा चालु आवका बजेटको आधार बढेको बताए ।
गत असरमा भएको नगर सभाले चालु आवका लागि दुई अर्ब ६८ करोड ६० लाख १० हजार आठ सय रुपियाँको बजेट पारित गरेकोमा शनिबार भएको अधिवेशनले वृद्धि गरी दुई अर्ब ९० करोड ६२ लाख ६५ हजार रुपियाँ बराबरको बजेट स्वीकृत गरेको छ ।