हेटौंडा – काठमाडौंको गुर्जुधारामा आज ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल पछाडी सवार एक युवतीको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा काठमाण्डौको चन्द्रागिरी नगरपालिका ३ की २० वर्षीया सुमित्रा मोक्तान रहेकी छिन् । गम्भीर घाइते भएकी मोक्तानको उपचारको क्रममा शहिद मेमोरीयल अस्पताल कलंकीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सामान्य घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमै उपचार भइरहेको छ । ना ५ ख ५७ ७७ नम्बरको मालबहाक ट्रकलाई ओभरटेक गर्ने क्रममा प्र ३०२ ००९ प २० १३ नम्बरको मोटरसाइकल आज बिहान सवा १० बजे ठोक्किँएको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधन सहित ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।