प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाल र ओमानबीचको खेल सुपर ओभरमा

२०८० कार्तिक १९, आईतबार १४:२३ बजे

काठमाडौं – आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपाल र ओमानबीचको खेल टाई भएको छ ।

जितको लागि १ सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । योसँगै सुपर ओभर हुनेछ ।


नेपाललाई जितको लागि अन्तिम ६ बलमा ८ रन रोक्नु पर्ने थियो । सन्दीपले पहिलो बल मोहम्मद नदीमलाई एक रन दिँदा दोस्रो बलमा आयन खानको विकेट लिएका थिए ।

लङअनमा आएन खान रोहित पौडेलबाट ८ रनमा क्याच आउट भएका थिए । अर्को बलमा एज लागेर सकिल अहमद क्याच आउट भएपछि तीन बलमा ओमानलाई जितको लागि ७ रन चाहिँएको थियो । चौथो बलमा फयाज बटले एक रन लिए ।

अन्तिम दुई बलमा ६ रन चाहिँएको थियो । पाँचौं बलमा चौका भएको थियो । अन्तिम बलमा ओमानले एक रन बटुलेपछि खेल सुपर ओभर भएको थियो ।