प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

२०७९ असार ४, शनिबार ०७:३८ बजे

चितवन – मुग्लिन नारायणगढ सडकखण्डको चारकिलोमा सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा खसेको पहिरोको कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गएराति पनि मुग्लिन नागढुंगा सडकखण्ड अन्तर्गत चितवनको घोप्टेभीरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । राति १ बजे अवरुद्ध सडकलाई साढे २ बजे पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको थियो । राजमार्गमा पहिरो आउने जाने क्रम चलिराखेको छ । खसेको पहिरो पन्छाउन प्रहरी परिचालन भएको छ ।