प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरकी विन्दबासिनी कंशाकारलाई रास्वपाले सांसद बनाउने

२०७९ चैत्र २९, बुधबार १४:५० बजे

हेटौंडा – राष्ट्रिय स्वतन्त्र पार्टीले मकवानपुरकी विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ।

सांसद ढाकाकुमार श्रेष्ठ अडिओ प्रकरणमा मुछिएपछि उनको स्थानमा रास्वपाले कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो। सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

श्रेष्ठले गत आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो। कपुरबोट मिडियाले श्रेष्ठ र प्रसाईंबीच भएको डिलको अडियो सार्वजनिक गरेको थियो।