काठमाडौं – पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।
व्यवसायिक क्लब फुटबलका लागि भारत रहेका नेपाली टोलीका नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ अटाएका छैनन् । उनी आईलिग टोली राउण्डग्लास पन्जाब एफसीमा अनुबन्धित भएका छन् ।
नेपालले कात्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ । खेल साँझ ५स्३० बजे सुरु हुनेछ।
नेपाली टोली
गोलकिपरः विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु
डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का
मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट, आभास लामिछाने
फरवार्डः अन्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का, सुजल श्रेष्ठ