प्रहर खबर
 २०८१ बैशाख १९, बुधबार    

काँग्रेस र माओवादी कार्यकर्ता एमालेमा प्रवेश

२०७९ श्रावण १८, बुधबार ०९:३२ बजे

रामेछाप — नेपाली काँग्रेस रामेछापका क्षेत्रीय प्रतिनिधि रमेश लामिछाने र बालकुमार खत्री तथा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार भगतसिंह लामासहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले रामेछापको मंगलबार मन्थलीमा आयोजना गरिएको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा काँग्रेस र माओवादी परित्याग गरेर ती नेता् कार्यकर्ताहरू एमाले प्रवेश गरेका हुन् । उनिहरूलाई उपमहासचिव ज्ञवाली, पार्टी स्थायी कमिटी सदस्य अधिकारी लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।