प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाल र चीनबिच मैत्री फुटबलको प्रस्ताब

२०८० मंसिर २०, बुधबार ०९:३१ बजे

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबिच मङ्गलबार भेटवार्ता भएको छ । राजदूतावासका काउन्सुल फर कन्सुलर अफेयरका वाङ दोङको नेतृत्वमा आएको प्रतिनिधि मण्डललाई सदस्यसचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरेका हुन् ।

सो अवसरमा नयाँ वर्षको उपलक्ष्यमा हुने महोत्सवमा दुई देशबिच मैत्री फुटबल आयोजना गर्ने विषयमा छलफल भएको थियो । नेपालको यु–२१ पुरुष फुटबल टोली तथा चीनको चोङ चीन प्रान्तको व्यावसायिक यसु फुटबल टिमको यु–२१ पुरुष टोलीबिच मैत्री फुटबल आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो ।

महोत्सवका अवसरमा सांस्कृतिक आदान–प्रदानलगायत विविध कार्यव्रmम पनि हुने छन् । चिनियाँ पक्षले फुटबल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा गराउन प्रस्ताव गरेको छ । सो टोलीले दशरथ रङ्गशालाको पनि अवलोकन ग¥यो । सदस्यसचिव घिसिङले टोलीको प्रस्तावमा आफू सकारात्मक रहेको बताउँदै कार्यव्रmमलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो कार्यव्रmम चिनियाँ राजदूतावासको आयोजनामा हुन लागेको हो ।