तनहुँ – पृथ्वीराजमार्गको आँबुखैरेनी मुग्लिन खण्डमा सडक भासिँदा शुक्रबार विहानदेखि पृथ्वीराजमार्ग अबरुद्ध भएको छ । आँबुखैरेनी खैरेनी गाउँपालिका–४ मस्र्याङ्दी जलविद्युत केन्द्रको ड्याम साइड नजिक राजमार्गको मूनिबाट पहिरो खसेकोले यातयात अबरुद्ध भएको हो ।
सडक भासिए मस्र्याङ्दी नदीमा खसेकोले जोखिम भएकाले दुवैतर्फी यातायात बन्द गरिएको प्रहरीले जनाएको छ । पहिरो खसेको ठाउँमा एक सवारी पुरिएको अवस्थामा भेटिएकाले मानवीय क्षती समेत भएको अनुमान गरिएको छ । पहिरो करिव एक सय मिटर तल सम्म खसेको र तारेभिर भएकोले उद्धार गर्न कठिनाई भएको प्रहरीले जनाएको छ ।