प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

१४ वर्षीया बालिका बलात्कृत

२०८० चैत्र १३, मंगलबार १९:२३ बजे

काठमाडौं –  रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्। गैडहवा गाउँपालिका-८ खैरेनी कुट्टा बस्ने २० वर्षीय राम सुवास भरलाई गएराति प्रहरीले पक्राउ गरेको हो। 

रामले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।