काठमाडौं – प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाका अनुसार २४२ जना सांसद उपस्थित रहेकोमा भुसालको पक्षमा १४८ मत प्राप्त गरेकी छन् । प्रमुख प्रतिपक्षी दल एमालेकी विद्या भट्टराईले ९३ मत प्राप्त गरेकी थिइन् भने एक मत तटस्थमा खसेको सभामुख सापकोटा जानकारी दिए ।
भुसालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चाको समर्थन थियो । विद्याको पक्षमा एमाले र राप्रपाको समर्थन रहँदा नेपाल मजदुर किसान पार्टी भने उपसभामुख चयनमै तटस्थ बसेको थियो ।