प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

साविक विजेता काठमाडौँ एलिमिनेटरबाटै बाहिरियो, फाइनल प्रवेशका लागि ललितपुर र पोखरासँग खेल्ने

२०८० पौष १०, मंगलबार २०:४२ बजे

काठमाडौं – ललितपुर सिटि एफसी नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफयरमा पुगेको छ । मंगलबार भएको इलिमिनेटर खेलमा गत संस्करणको च्याम्पियन काठमाडौं रेजर्सलाई ३–० गोल पराजित गरेको हो ।

ललितपुरले दोस्रो क्वालिफायरमा पोखरासँगको भेट पक्का गर्दा साविक विजेता काठमाडौ रेञ्जर्स नेपाल सुपर लिगको पहिलो क्वालिफायरबाटै बाहिरिएको छ ।

खेलको पहिलो हाफमा २–० को अग्रता बनाएको ललितपुरले दोस्रो हाफमा १ गोल थप्यो। ललितपुरको जितमा इमो इजेकिलले दुई तथा पापा इबोउ केडेले एक गोल गरे। ललितपुरलाई जित दिलाउन इमोह इजिकेइलले दुई र पापा इबाउ केबेले एक गोल गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ३६ औं मिनेटमा ललितपुरले काठमाडौंविरुद्ध अग्रता लिएको थियो । ललितपुरका लागि इमोह इजेकेलले गोल गरेका हुन् ।

खेलको ४४ औं मिनेटमा ललितपुरले अग्रतालाई दोब्बर बनायो । पापा इबोउ केबेले गोल गरेका हुन् । पहिलो हाफमा नै काठमाडौं विरुद्ध दुई गोलको अग्रता बनाएको ललितपुरले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ५३ औं मिनेटमा ललितपुरले तेस्रो गोल गर्यो । इमोह इजकेलले ललितपुरका लागि खेलको तेस्रो तथा ब्यक्तिगत दोस्रो गोल गरे ।

खेलको ७४ औं मिनेटमा काठमाडौं १० खेलाडीमा सिमित भयो। कप्तान अन्जल राई दोहोरो पँहेलो कार्ड खाँदै मैदान छाडे। अन्जलले ललितपुरका फरवार्ड पापालाई खराब ट्याकल गरेपछि रेफ्रि राम दसनले दोहोरो पँहेलो कार्ड देखाएका थिए। अन्जलले दोस्रो हाफमा नै दोहोरो पँहेलो कार्ड खाएका हुन्।

ललितपुरले अब बिहिबार फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा थन्डर्ससँग खेल्ने छ । पोखरा सोमबार भएको पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टीमा ४–३ गोलले पराजित भएको थियो ।