प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

थाइल्यान्डमाथि जित निकाले नेपाल टी–ट्वान्टी विश्व छनोटमा पुग्ने

२०८० भाद्र २०, बुधबार १४:२७ बजे

काठमाडौं – आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपालले थाईल्यान्डसँग खेल्ने भएको छ ।

मलेसियामा जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा उपविजेता बनेसँगै समूह ‘बी’ को विजेता थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने पक्का भएको हो। अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता युएई र समूह बी को उपविजेता हङकङबीच खेल हुनेछ।

बुधबार नै तय भएको नेपाल र युएईविरुद्ध खेल वर्षाका कारण रद्द भएसँगै नेपाल समूह ए को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो ।

प्रतियोगिताको दुवै सेमिफाइनल पर्सि शुक्रबार हुनेछ । सेमिफाइनलमा विजयी भएमा नेपालले महिला  टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । तेस्रो खेलमा भुटानलाई ३ विकेटले हराएको नेपालले चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो ।

शनिबार प्रतियोगिताको फाइनल खेल रहेको छ । नेपालले विश्वकप छनोटमा स्थान पक्का गरे १० टिमसँग प्रतिस्पर्धा गर्नेछ। १० टिम मध्ये २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला  टी–ट्वान्टी विश्वकपमा स्थान पक्का गर्नेछन्।