हेटौंडा – सिन्धुलीको कमलामाई नगरपालिका-३ सोलाभन्झ्याङ तुफान डाँडास्थित भित्र सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बुधबार राति ११ बजे प्र२–०३–००१ त४११३ नम्बरको सिमेन्ट र रड बोकेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका–५ का ३० वर्षीय दिनेश काफ्लेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक तीनपाटनका गोपाल तोलाङगी र काफ्लेको उद्धार गरी जिल्ला अस्पताल पुर्याइएकोमा काफ्लेको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।