प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रहरीले गाउँमा तरवार नचाएपछि...

२०८० मंसिर २१, बिहीबार १९:३३ बजे

हेटौंडा – प्रहरीले डण्डा, पेस्तोल , विभिन्न प्रकारका बन्दुक(गन) लिएर डिउँटीमा खटिएको देखिनु सामान्य हो । तरप्रहरीले तरवार लिएर डिउटीमा खटिएको सुन्दा र देख्दा अचम्म लाग्न सक्छ । यो कुरा हो, मकवानपुरको छिमेकी जिल्ला बाराको ।

नेपालको कानुनले बर्जित गरेको गाँजा खेती फडानी गर्ने क्रममा इलाका प्रहरी कार्यालय निजगढको टोलीले गाँजा खेती फडाँनी गर्ने क्रममा तरवार प्रयोग गरेको हो । उक्त टोलीले निजगढ नगरपालिका वडा नं.१२ को कुलिया, थली, सालबिसौनी क्षेत्रको खेतबारी लगाएको करिब २७ कठ्ठामा २० हजार वटा गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराको दाबी छ ।

 

गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही गरिने समेत बारा प्रहरीले जानकारी गराएको छ । पहिले प्रहरीले लौरो प्रयोग गरेर गाँजाको बोट नष्ट गर्दथे । त्यसरी गाँजाको बोट पूर्णरुपमा नष्ट नभएपछि अहिले प्रहरीले धारिलो हतियार(हसिया, कचिया,खुकुरी, तरवार)ले काटेर आगो समेत लगाउने गर्दछन् ।