प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

चक्कु प्रहार गरी काकाभतिजीको हत्या, एक जना पक्राउ

२०८० जेठ १९, शुक्रबार ०१:३८ बजे

हेटौंडा – कपिलवस्तुमा चक्कु प्रहार गरी दुई जनाको हत्या भएको छ । बाणगंगा नगरपालिका–६ मटेरिया बस्ने ७० वर्षीय बम बहादुर थारु र उनकै भतिजी १८ वर्षीया अन्जनी थारुको हत्या हत्या भएको हो ।

उनीहरुको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही कंचन गाउँपालिका–२ बगही बस्ने २२ वर्षीय मोहन थारु रहेका छन् । उनलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मोहनले उनीहरूकै घरमा गएर चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका थिए । बम बहादुरको सामुदायिक अस्पतालमा र अन्जनीको भैरहवा मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।