हेटौंडा – मिनी ट्रक, म्याजिक र मोटरसाईकलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
बाँकेको बैजनाथ गाउँपालिका ५ मा आज भे १ क २१९६ नम्बरको मिनी ट्रक, भे १ ज ४४९ नम्बरको म्याजिक एक आपसमा ठक्कर खाएर भे ११ प २८०० नम्बरको मोटरसाईकलमा ठोक्किँदा दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा म्याजिक चालक बर्दियाको बासगढी नगरपालिका ४ बस्ने ४५ वर्षिय राम बहादुर कुँवर रहेका छन् । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका सबैको सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तीनै ओटा सवारी साधन सहित ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।