गोरखा – स्थानीय तह निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा खुकुरीसहित पुगेका मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै बुधवार बिहान उनी बैठकमा सहभागी हुन गएका थिए । उनले बोकेको झोलामा खुकुरी भेटेपछि नियन्त्रणमा लिइएको डीएसपी लिलाराज लामिछानेले बताए ।
वडा नम्बर ६ स्थित तोमनडाडा आधारभूत विद्यालयमा बोलाइएको बैठकमा सहभागी हुन भन्दै झोला बोकेर आएपछि शंका लागेर चेकजाँच गर्दा खुकुरी भेटिएको डीएसपी लामिछानेले बताए। गुरुङ प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए