प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु

२०८० फाल्गुन १, मंगलबार १९:१९ बजे

पाल्पा – पाल्पाको चिदिसामा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ।

मंगलबार साँझ भएको दुर्घटनामा कम्तिमा ८ जनाले ज्यान गुमाएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले बताए।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ। थप विवरण आउन बाँकी छ।