प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जीप दुर्घटना ६ जनाले ज्यान गुमाए

२०८१ कार्तिक २६, सोमबार ०७:१७ बजे

काठमाडौं – कालीकोटको पलाँता गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पलाँता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाँता–५ की छाया शाही र पलाँता–३ का ६ वर्षीय बालक दमन रोकाया रहेका प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा घाइते भएका १३ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।

आज दिउँसो पलाँता–५ खिनादेखि पलाँता–९ थिर्कुतर्फ गुडिरहेको क १ ज ५६ नम्बरको जीप साढे २ बजेतिर पलाँता–३ राडुनेटामा दुर्घटनामा परेको हो । जीप सडकबाट भीरमा खसेको छ ।