दाङ – दाङमा आँफै पेटमा चक्कु प्रहार गरेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
भक्तपुरको नगरकोट नगरपालिका– १४ का २८ वर्षीय अनिल तामाङको उपचारका क्रममा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
तामाङले मंगलबार बिहान साढे ९ बजे आफ्नै पेटमा छुरा प्रहार गरेपछि उपचारका लागि तुलसीपुर ल्याइएकोमा पौने ११ बजेतिर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
सम्पत्तिको विषयमा बाबु छोराबीच सामान्य विवाद भएपछि अनिल आफैले आफ्नो पेटमा छुरा प्रहार गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
प्रहरीले छोराको उपचारका लागि आएका बुवा सोमारलाई तुलसीपुरबाट र अनिलका ३१ वर्षीय दाजु पूर्णलाई हापुरेस्थित होटेलबाट नियन्त्रणमा लिएको छ। उनीहरूसँग घटनाबारे सोधपुछ भइरहेको छ। मृतकको शव तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।