प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

यी स्थानमा आज भारी वर्षा हुने

२०८१ श्रावण १४, सोमबार ०६:४० बजे

हेटौंडा – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ भने बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै साथै कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

सोमबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेस प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।