काठमाडौँ – कक्षा १२ को नतिजा आएको छैन, तर त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ । त्रिविले शैक्षिक वर्ष ०८०–०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो ।
त्रिविले मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार चालु शैक्षिक वर्षको लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो । साउन २८ देखि भाद्र मसान्तसम्म आवेदन दिन सकिने जारी सूचनामा उल्लेख छ ।