प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीनको मृत्यु, एक घाइते

२०७९ फाल्गुन १५, सोमबार ०६:१० बजे

हेटौंडा – देशको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सुनसरीको भोक्राहानरसिंह गाउँपालिका ३ मा आज बिहान बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम थर ठेगाना नखुलेका अन्दजी ४० वर्षीय पुरुष रहेका छन् । बा ३ ख ४९०२ नम्बरको बसले साइकलयात्रीलाई आज बिहान ५ बजे ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवा सुनसरीमा आज बिहान ६ बजे मृत्यु भएको हो । बस सहित चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै महोत्तरीको बलवा नगरपालिका १० मा गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री भारत घर भएका ६७ वर्षीय प्रेमलाल महत्तो रहेका छन् । धमौराबाट बनौटा तर्फ जादै गरेको प्रदेश २ ०२(००२ प ३३७२ नम्बरको मोटरसाइकलले गएराती १ बजे पैदलायत्री महत्तोलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा बर्दिबास अस्पतालमा आज बिहान ५ बजे मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय लोहारपट्टीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको कोटेश्वरमा गएराति सवारी साधनको ठक्करबाट १ महिलाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको सवारी साधनले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति पौने १२ बजे ठक्कर दिएको थियो । महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा राति सवा १२ बजे उनको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको र दुर्घटना पश्चात सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

काठमाडौकै माइतिघरमा आज भ्यानको ठक्करबाट साइकल यात्री गम्भीर घाइते भएका छन् । घाइते हुनेमा साइकलमा सवार चितवनको भरतपुर महानगपालिका ८ घर भएका २९ वर्षीय कमल परियार रहेका छन् । घाइते उनको माइतिघर स्थित अन्नपुर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । बा १६ च ६६५५ नम्बरको मारुती भ्यानले आज बिहान पौने ६ बजे साइकलमा सवार परियारलाई ठक्कर दिएको हो । ठक्कर दिने भ्यान सहित चालकलाई प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।

प्रतिगात्मक तस्वीर