प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

टोपबहादुर रायमाझी पक्राउ

२०८० बैशाख ३१, आईतबार १६:१७ बजे

काठमाडौं – पूर्वउपप्रधानमन्त्री तथा एमाले (एमाले) का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका रायमाझीलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। रायमाझीका छोरा सन्दीप रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए।