प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

टिपर दुर्घटनामा चालकको मृत्यु

२०८० बैशाख १५, शुक्रबार १५:२५ बजे

काठमाडौँ – काठमाडौँको बबरमहलमा आज विहान भएको टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

दोलखाको ठुलोपाटन गाउँपालिका १ का ३७ बर्षीय झकास पाख्रिनको उपचारको क्रममा माईतिघरस्थित अन्नपुर्ण न्युरो अस्पतालमा विहान साढे ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बा १ क ३३ ०० नम्बरको टिपर आज विहान सवा ३ बजे टायर भासिएर कोल्टे पर्दा चालक सडक छेउको ट्रसमा च्यापिएका हुन् ।