भक्तपुर – आफ्नै श्रीमती २१ वर्षीया पवित्रा राईको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–३ झौखेल पिपलबोट डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ घर भएका २५ वर्षीय सन्तोष भुजेल रहेका छन् ।
प्रहरीले भुजेललाई बिहीबार बेलुका पक्राउ गरेको हो । सन्तोषले कुटपिट गर्दा गम्भीर घाइते भएकी पवित्राको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।