प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बन्दुक देखाएर मानिसलाई धम्क्याएपछि...

२०८१ आश्विन ३०, बुधबार १९:०६ बजे

कपिलवस्तु – भरुवा बन्दुक देखाएर मानिसलाई धम्क्याउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवराज नगरपालिका विजगौरीका २४ वर्षीय वीरेन्द्र घर्ती मगर रहेका छन् ।

मगरले भरुवा बन्दुक लिई मानिस धम्क्याएको खबर प्रहरीलाई प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटी मगरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए।

शिवगढी मन्दिर जाने बाटोको जङ्गलमा बर्राको रुखको टोड्कोमा लाइसेन्स नभएको भरुवा बन्दुक १ नाल लुकाइछिपाई राखेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ । मगरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।