प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

करेन्ट लागेर टिपर चालकको मृत्यु

२०८० बैशाख ११, सोमबार ०५:२४ बजे

हेटौंडा – टिपरको डालाले बिद्युतको मेन लाईनमा छुँदा करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक उर्लावारी नगरपालिका–५ का ३८ बर्षीय खड्ग बहादुर बि.क. रहेका छन् ।

आईतवार बिहान उर्लावारी नगरपालिका–७ आईतववारे भानु मार्गको भित्री सडक खण्डमा गुडीरहेको ना ८ ख ४५२५ नम्बरको टिपरको डालाले बिद्युतको मेन लाईनलाई छुदा टिपरमा करेन्ट लाग्दा चालक खड्ग घाइते भएका थिए । उनको उपचारको क्रममा अरनिको अस्पताल उर्लावारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।